नवलपरासी पूर्वमा ३३ प्रतिशत मत खस्यो
नवलपरासी – आज भइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा ३३ प्रतिशत मत खसेको छ ।
बिहान ७ बजेदेखि सुरु भएको मतदानमा दिउसो साढे एक बजेसम्म सम्ममा ३३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद शर्मा भुसालले बताउनुभयो ।
प्रमुख भुसालका अनुसार ४३ हजार ७ सय १२ महिला र ४१ हजार ४ सय ४७ पुरुष गरी कुल ८५ हजार १ सय ५९ मत खसेको छ । मतदानमा उत्साहजन रुपमा मतदाताको सहभागिता पाइएको प्रमुख भुसालले बताउनुभयो ।
जिल्लाका १ सय १३ मतदान स्थलमा रहेका ३ सय २ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान चलिरहेको उहाँले बताउनु भयो ।
प्रत्यक्षतर्फ दुई र प्रदेश सभातर्फ चार वटा निर्वाचन क्षेत्र रहेको नवलपुरमा कुल २ लाख ६० हजार ४ सय ६१ मतदाता रहेका छन् ।
प्रकाशित मिति:
2079-08-04
साताको लोकप्रिय