दिपक खड्का

प्रतिनिधिसभा सदस्य
संखुवासभा

(विजयी)

नेपाली काँग्रेस

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
५१
प्राप्त मत
३२१६१
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता
मानविकी संकायबाट स्नातक

नेपाली कांग्रेसका नेता दीपक खड्काको जन्म २०२८ साल असार १५ गते सङखुवासभाको तत्कालीन आँखिभुई गाविसको वडा नम्बर ६ मा भएको हो ।
मानविकी संकायबाट स्नातक गर्नुभएका खड्का विद्यालय पढ्दा नै कांग्रेस पार्टीमा आबद्ध हुनुभएको हो । उहाँ २०४२ सालमा गाउँकै विद्यालय अमर माविमा पढ्दा नेविसंघमा आबद्ध हुनुभयो । तर त्यसपछिका दिनमा उहाँ राजनीतिमा सकृय हुनुभएन । 
२०६० सालदेखि मात्र उहाँ फेरि नेपाली कांग्रेसको राजनीतिमा सकृय हुनुभयो । उहाँ कांग्रेसको महासमिति सदस्यसमेत  हुनुहुन्थ्यो । उहाँ २०७० सालको संविधानसभा चुनावमा संखुवासभा – २ बाट विजयी हुनुभएको थियो । तर, २०७४ सालको संसदीय चुनावमा भने उहाँ पराजित हुनुभयो ।