उज्यालो अनलाइन र उज्यालो रेडियो नेटवर्कमा काम गर्ने अवसर
उज्यालो अनलाइनमा सृजनशील, मिलनसार र आफ्नो विषयमा दक्ष निम्न पूर्णकालीन जनशक्ति आवश्यक परेकोले इच्छुक नेपाली नागरिकले तल उल्लेखित इमेल वा कार्यालयको ठेगानामा आवेदन दिनुहोला ।
पदः डेस्क सम्पादक — केही (उज्यालो अनलाइन)
मुख्य जिम्मेवारी
- उज्यालो अनलाइनका लागि नेपाली भाषामा उज्यालो सहकर्मी (काठमाडौं तथा जिल्लामा रहेका संवाददाता) ले तयार पारेका समाचार, लेख, विचार, विश्लेषणको सम्पादन, पुनर्लेखन गर्ने।
- उज्यालो अनलाइनका लागि विभिन्न विषयमा जानकारीमुलक र कामलाग्दो सामग्री तयार पार्ने ।
आवश्यक न्यूनतम योग्यता
- नेपाली समाज, राजनीति, संस्कृति, राष्ट्रिय, अन्तर्राष्ट्रिय धेरैभन्दा धेरै विषयमा सामान्य जानकारी राख्ने ।
- नेपाली भाषा शुद्धसँग लेख्न तथा सम्पादन गर्न सक्ने ।
- कुनै पनि विषय लिई स्नातक पास गरेको ।
- पत्रकारिता पढेका वा गरिरहेकालाई विशेष प्राथमिकता ।
आवेदन साथ संलग्न गर्नुपर्ने कागजातः
- आवेदन पत्र (आफू किन यस कामका लागि योग्य छु भन्ने व्यहोरा प्रष्टसँग कम्तीमा ५ सय शब्दमा खुलाएर लेख्नुहोला)
- व्यक्तिगत विवरण (बायोडेटा)
- आवश्यक पर्ने अन्य कागजात पछि मागिने भएकोले आवेदन र बायोडेटा मात्र पठाउनु होला ।
तलव तथा सेवा सुविधा
- अनुभव, कार्यक्षमताका आधारमा छलफल गरेर तय गरिनेछ ।
पदः उप सम्पादक – १ जना (पूर्णकालीन - उज्यालो रेडियो नेटवर्क)
मूख्य जिम्मेवारी
- उज्यालो रेडियोबाट दैनिक प्रसारण हुने रेडियो समाचार बुलेटिनका लागि उज्यालो संवाददाता र जिल्लास्थित उज्यालो सहकर्मीबाट समाचार लिने, त्यस्ता सामग्रीहरुको पुनर्लेखन, सम्पादन गरी प्रसारण योग्य बनाउने ।
- विभिन्न विषयमा रेडियो कार्यक्रम उत्पादन तथा सञ्चालन गर्ने ।
आवश्यक न्यूनतम योग्यता
- एफएम रेडियो वा टेलिभिजनको समाचार डेस्कमा बसेर कम्तिमा २ वर्षदेखि सक्रियरुपमा काम गरिरहेको ।
- रेडियो कार्यक्रम उत्पादन सम्बन्धी आधारभूत ज्ञान भएको ।
- नेपाली भाषा शुद्धसँग लेख्न र पढ्न सक्ने ।
- पत्रकारिता वा अन्य विषयमा स्नातक गरेको ।
संवाददाता (राजनीति, प्रशासन बिट) — १ जना (उज्यालो रेडियो नेटवर्क)
मूख्य जिम्मेवारी
- नेपालका राजनीतिक दल, नेता, संसद, सांसद, निजामती कर्मचारी, प्रशासन र अदालत लगायतका क्षेत्रका समाचार, रेडियो रिर्पोट, अन्तर्वार्ता लगायतका सामग्री तयार पार्ने ।
- अन्य सहकर्मीले तयार पारेको सामग्रीको सम्पादन, पुनर्लेखन गर्ने ।
आवश्यक न्यूनतम योग्यता
- एफएम रेडियो वा टेलिभिजनको समाचारका लागि फिल्डमा गएर कम्तिमा २ वर्षदेखि सक्रियरुपमा काम गरिरहेको ।
- रेडियो कार्यक्रम उत्पादन सम्बन्धी आधारभूत ज्ञान भएको ।
- नेपाली भाषा शुद्धसँग लेख्न र पढ्न सक्ने ।
- पत्रकारिता वा अन्य विषयमा स्नातक गरेको ।
आवेदन साथ संलग्न गर्नुपर्ने कागजातः
- आवेदन पत्र (आफू किन यस कामका लागि योग्य छु भन्ने व्यहोरा प्रष्टसँग खुलाएर लेख्नुहोला)
- व्यक्तिगत विवरण (बायोडेटा)
- आवश्यक पर्ने अन्य कागजात पछि मागिने भएकोले आवेदन र बायोडेटा मात्र पठाउनु होला ।
तलव तथा सेवा सुविधा
अनुभव, कार्यक्षमताका आधारमा छलफल गरेर तय गरिनेछ ।
आवेदन आइपुग्नुपर्ने अन्तिम मिति
२०७७ कार्तिक २२ गते, शनिबार (November 7, 2020)
आवेदन दिने ठेगाना
उज्यालो अनलाइन /
उज्यालो रेडियो नेटवर्क
उज्यालो घर, जाउलाखेल, ललितपुर (सदर चिडियाखानाको पछाडी)
वा,
इमेलः [email protected]