सीता गुरुङ्ग

प्रतिनिधिसभा सदस्य
तेह्रथुम

(विजयी)

नेपाली काँग्रेस

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
४६
प्राप्त मत
१९७०७
लिङ्ग
महिला
हालको पद
शैक्षिक योग्यता

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङको जन्म २०३२ सालमा आठराई गाउँपालिका ४ को इवा तेह्रथुममा भएको हो । २०४७ सालमा नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेकी सीता १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको हो । 

२०४७ सालमा त्रिमोहन मावि संक्रान्तिबाट नेपाल विद्यार्थी संघको इकाइ समितिको सचिव हुँदै राजनीतिमा लागेकी सीता समानुपातिक तर्फबाट दुई पटक सभासद भैसक्नुभएको छ । पहिलो र दोस्रो संविधान सभामा समानुपातिकबाट सभासद भएकी गुरुङ २०७४ सालको संसदीय चुनावमा तेह्रथुम क्षेत्र नम्बर १ बाट पराजित हुनु भएको हो । 

२०४७ सालमा नेविसंघबाट राजनीति सुरु गरेकी गुरुङ २०५७ सालमा नेपाल महिला संघको जिल्ला अध्यक्ष र २०६० सालमा केन्द्रीय सचिव हुनुभयो । २०६७ सालदेखि पार्टीको केन्द्रीय सदस्य बनेकी गुरुङले स्नातकोत्तर सम्मको अध्ययन पूरा गर्नु भएको छ ।

त्रिमोहन माविबाट एसएलसी पास गर्नुभएकी गुरुङले तेह्रथुम बहुमुखी क्याम्पसमा आइए र त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएको हो ।