सुनील बहादुर थापा

प्रतिनिधिसभा सदस्य
धनकुटा

नेपाली काँग्रेस

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
६३
प्राप्त मत
२८७०४
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता

राप्रपाका संस्थापक अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री सूर्य बहादुर थापाका छोरा सुनिलबहादुर थापा राप्रपा परित्याग गरी सहमहामन्त्री पदका साथ २०७७ साल साउन १३ गते कांग्रेसमा प्रवेश गर्नु भएको हो ।

धनकुटाको मुगा घर भएका थापा कांग्रेसको १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो । उहाँ २०७० सालको संविधानसभा निर्वाचनमा धनकुटा जिल्ला क्षेत्र नम्बर २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट  विजयी हुनु भएको थियो । 

२०७४ जेठमा बनेको शेरबहादुर देउवाको मन्त्रीमण्डलमा वाणिज्य तथा आपूर्ति मन्त्री बन्नु भएको थियो । २०७४ को संसदीय चुनावमा धनकुटा क्षेत्र नम्बर १ बाट भने उहाँ पराजित हुनु भएको थियो । 

उहाँले लामो समय संयुक्त राष्ट्रसंघ अन्तर्गत विभिन्न देशमा काम गर्नु भएको थियो । उहाँ सन् २०११ मा शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्च आयोगको सुडानमा कार्यरत रहेका बेला राजीनामा गरी राजनीतिमा प्रवेश गर्नु भएको थियो ।