भानु भक्त ढकाल

प्रतिनिधिसभा सदस्य
मोरङ-३

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
६०
प्राप्त मत
२५८९५
लिङ्ग
पुरुष
हालको पद
पोलिटब्यूरो सदस्य
शैक्षिक योग्यता
स्नातकोत्तर

नेकपा एमालेको पोलिटब्यूरो सदस्य भानुभक्त ढकालको जन्म २०१८ सालको पुस १ गते तेह्रथुमको ओख्रेमा भएको हो । उहाँले स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गर्नु भएको छ । 
तेह्रथुममा जन्मिएका ढकालको हालको बसोबास सुन्दर हरैचा १२ मोरङमा छ । २०३५ सालमा अखिलबाट राजनीति सुरु गरेका ढकालले २०५३ सालमा अखिलको महासचिव भएपछि विद्यार्थी राजनीति छाड्नु भएको थियो । २०७० सालको संविधानसभा चुनावमा समानुपातिक तर्फबाट सभासद बनेका ढकाल १ वर्ष ९ महिना नेकपा एमालेको प्रमुख सचेतक हुनुभएको थियो । स्वास्थ्यमन्त्रीसमेत हुनु भएका ढकाल २०७४ सालको चुनावमा मोरङ क्षेत्र नम्बर ३ बाट विजयी हुनु भएको थियो ।