भगवती चौधरी

प्रतिनिधिसभा सदस्य
सुनसरी-३

(विजयी)

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
५१
प्राप्त मत
४०७८८
लिङ्ग
महिला
हालको पद
शैक्षिक योग्यता

नेकपा एमालेकी केन्द्रीय सदस्य भगवती चौधरीको जन्म २०२८ साल वैशाख २ गते औरवनी ३, सुनसरीमा भएको हो । उहाँका बुवाको नाम विरनलाल चौधरी र आमाको नाम लिटियादेवी चौधरी हो । उहाँका एक छोरा छन् ।

चौधरीले मानविकी संकायबाट समाजशास्त्र विषयमा स्नातकोत्तर र व्यवस्थापन संकायबाट स्नातक गर्नुभएको छ । सरस्वती मावि औराबनीबाट एसएलसी गरेकी भगवतीले महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पस विराटनगरमा आइकम र बीकम पढ्नुभयो । उहाँले स्नातकोत्तर क्याम्पस बिराटनगरबाट समाजशास्त्रमा स्नातकोत्तर गर्नुभयो । २०६७ सालमा वन तथा भू संरक्षण राज्य मन्त्री बनेकी भगवती २०६४ सालको चुनावमा मन्त्रीपरिषदबाट मनोनित हुँदै सभाषद हुनुभएको थियो । तर २०७० सालको चुनावमा भने तत्कालीन फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँग सुनसरी ३ बाट पराजित हुनुभयो । तर उहाँले २०७४ काे चुनावमा भने सुनसरी क्षेत्र-३ बाट नेपाली कांग्रेसका विजयकुमार गच्छादारसँग हार बेहाेर्नुपरेकाे थियाे ।

चौधरीले क्याम्पस पढ्दा थारु विकास समन्वय परिषदको सदस्य र पछि उपाध्यक्ष भएर काम गर्नुभयो । २०४६ सालको आन्दोलनमा सक्रिय भएर काम गरेकी भगवती थारु विकास समन्वय परिषदको सदस्यदेखि उपाध्यक्षसम्म बन्नुभयो । चौधरीले २०४८-०४९ सालमा रेडियो नेपालको जिल्ला सम्वाददाता भएर ६ महिना काम गर्नुभयो । २०५१ सालमा ग्रामीण महिला उत्सुकता विकास मञ्च गठन गरी २०५२ सालदेखि विधिवत सञ्चालन गरेकी भगवतीले २०५२-०५३ सालमा दुई वर्ष समाजकल्याण परिषदमा सहायक निर्देशक भएर काम गर्नुभयो । चौधरी २०५९ सालमा गैरसरकारी संस्था महासंघको केन्द्रीय सदस्य तथा २०६२ र ०६३ मा कोषाध्यक्ष हुनुभयो । गैरसरकारी संस्थामार्फत क्रियाशिल चौधरी २०६३ सालमा नेकपा एमाले, सुनसरीको जिल्ला कमिटी सदस्यमा मनोनित हुनुभएको थियो ।