बल बहादुर के.सी

प्रतिनिधिसभा सदस्य
सोलुखुम्बु

नेपाली काँग्रेस

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
६९
प्राप्त मत
१६५४५
लिङ्ग
पुरुष
हालको पद
केन्द्रीय सदस्य
शैक्षिक योग्यता

नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीको जन्म २०१० साल साउन २ गते सोलुखुम्बुको सल्यान –३ मा भएको हो । केसीले विद्यार्थी संगठनबाट राजनीतिक यात्रा प्रारम्भ गर्नुभएको हो ।

बहुदलीय व्यवस्था पछिको पहिलो आम चुनावमा सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका केसीले त्यसपछिका मध्यावधी चुनाव २०५१ र २०५६ सालमा समेत सोलुखुम्बुबाट लगातार जित हासिल गर्नुभयो । २०६४ सालमा भएको पहिलो संविधानसभाको चुनावमा पराजित र २०७० सालको दोस्रो संविधानसभामा विजयी भएका केसी २०७४ सालको संसदीय चुनावमा सोलुखुम्बु क्षेत्र नम्बर १ बाट पराजित हुनु भएको थियो ।

२०२७ सालमा नेविसंघ, महेन्द्ररत्न क्याम्पसको सभापति पद सम्हालेका केसी २०४० देखि ४४ सालसम्म नेविसंघको केन्द्रीय अध्यक्ष हुनुभयो । उहाँ नेपाली कांग्रेस, सोलुखुम्बुको सचिव पनि हुनुभयो ।

उहाँ तीनपटक मन्त्री पनि बन्नुभएको छ । २०५३ सालमा युवा खेलकुद तथा संस्कृतिमन्त्री बनेका केसी २०५६ सालमा आवास तथा भौतिक योजना मन्त्री र २०५८ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्नुभयो ।

२०४९ सालदेखि हालसम्म पनि नेपाली कांग्रेसका केन्द्रीय सदस्यमा रहेका केसीले २०४२ सालमा सत्याग्रह आन्दोलनको संयोजक भएर काम गर्नुभएको थियो । २०६२÷०६३ को जनआन्दोलनमा नेपाली कांग्रेसको तर्फबाट काठमाण्डौको चावहिल क्षेत्रको इन्चार्जको भूमिका निर्वाह गरेका केसी पटक पटक गरी ७ वर्ष जेल बस्नुभएको छ ।