राम हरि खतिवडा

प्रतिनिधिसभा सदस्य
ओखलढुङ्गा

(विजयी)

नेपाली काँग्रेस

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
५२
प्राप्त मत
३३५५६
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता
राजनीतिशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक

नेपाली कांग्रेसका नेता रामहरि खतिवडाको जन्म २०२६ साल पुष २४ गते ओखलढुङ्गाको तत्कालीन थाक्ले गाविस वडा नम्वर २ मा भएको हो । उहाँका बुबाको नाम जीवनाथ र आमाको नाम यशोदा खतिवडा हो ।
राजनीतिशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक पास गरेका खतिवडा एसएलसी उत्तीर्ण गरेपछि काठमाडौं पसेर २०४२ सालदेखि राजनीतिमा लाग्नु भएको हो ।


तत्कालीन अवस्थामा प्रतिबन्धित रहेको नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईको संगतले राजनीतिमा लागेका खतिवडा भट्टराईलाई आदर्श मान्नुहुन्छ ।
२०४५ सालमा नेपाली कांग्रेस, ओखलढुङ्गाका कार्यसमिति सदस्य चुनिएका खतिवडा  नेपाली कांग्रेसको महासमिती सदस्यसमेत हुनुहुन्थ्यो । 


उहाँ २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ताको बागडोर हातमा लिएपछि त्यसको बिरोध गर्ने क्रममा उहाँ ६ महिना हिरासतमा बस्नुभएको थियो ।
दोस्रो संविधानसभा २०७० सालको विजयी खतिवडा २०७४ सालको संसदीय चुनावमा भने ओखलढुंगा क्षेत्र नम्बर १ बाट पराजित हुनु भएको थियो ।