तेजु लाल चौधरी

प्रतिनिधिसभा सदस्य
सप्तरी-४

(विजयी)

नेपाली काँग्रेस

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
६०
प्राप्त मत
२३४९१
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता

नेपाली कांग्रेसका नेता तेजुलाल चौधरीको जन्म २०१९ साल असोज १४ गते सप्तरीको कल्याणपुरमा भएको हो । उहाँका बुबाको नाम सत्वन चौधरी र आमाको नाम नैनवती चौधरी हो । चौधरीले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायबाट स्नातकोत्तर र शिक्षा संकायमा स्नातक गर्नुभएको छ । चौधरी विद्यार्थी कालमा २०३६ सालमा नेविसंघमार्फत राजनीतिमा सक्रिय हुनु भएको हो ।

ललितपुरमा रहेको नाइटिङ्गेल स्कुल, नाइटिङ्गेल नर्सिङ क्याम्पस, ललितपुरको हाईभ्यू स्कूल, काठमाडौं शंखमुलको विराट बोर्डिङ स्कूलको अध्यक्ष चौधरी राष्ट्रिय शिक्षा पुरस्कारबाट सम्मानित हुनुभएको थियो । उहाँ सत्वन चौधरी स्मृति ट्रष्ट, तेज एजुकेशन फाउन्डेसन र संकल्प महाविद्यालयको पनि अध्यक्ष हुनुहुन्छ । यसैगरी प्याब्सन ललितपुर जिल्लाको उपाध्यक्ष र हिसानको केन्द्रीय सदस्यसमेत हुनु भएका चौधरी भलिबलका पूर्व राष्ट्रिय खेलाडी समेत हुनुहुन्छ ।

चौधरी २०७० सालको संविधान सभा चुनाव तथा २०७४ सालको संसदीय चुनावमासमेत चौधरी सप्तरी क्षेत्र नम्बर ४ बाट विजयी हुनु भएको थियो ।