राज किशोर यादव

प्रतिनिधिसभा सदस्य
सिरहा-२

(विजयी)

जनता समाजवादी पार्टी, नेपाल

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
४९
प्राप्त मत
२४१७८
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता
एयर इन्जिनियरिङ

पूर्व राजपा नेपालको अध्यक्ष मण्डलका सदस्य एव्म अहिले जनता समाजवादी पार्टी (जसपा) का नेता राजकिशोर यादवको जन्म सिरहाको क्षेत्र नम्बर ४ मा पर्ने नरहा गाउँपालिका ३, चोहर्वामा २०३० सालको भदौ ७ गते भएको हो ।
सिरहाको जनता माध्यमिक विद्यालय चोहर्वाबाट एसएलसी र भारतको चण्डिगढ पञ्जावबाट एयर इन्जिनियरिङ गर्नुभएका यादव २०६० सालबाट राजनीतिक क्षेत्रमा प्रवेश गर्नुभएको हो । उपेन्द्र यादवको नेतृत्वमा सबै मधेशवादी पार्टी र स्वतन्त्र मधेशीहरुको साझा संगठनको रुपमा स्थापना भएको मधेश अधिकारवादी फोरम, मधेशी जनअधिकार फोरमबाट २०६० सालमा उहाँ सक्रिय हुनु भएको थियो ।
त्यसलगत्तै २०६३ सालको मधेश आन्दोलनमा सक्रिय हुनुभएका उहाँ २०६४ को संविधानसभामा सिरहाको तत्कालीन क्षेत्र नम्बर ६ बाट फोरमबाटै विजयी हुनु भएको थियो । पछि उहाँ उपेन्द्र यादवसँग फुटेर विजयकुमार गच्छदारको लोकतान्त्रिक फोरम हुँदै जयप्रकाश गुप्ताको गणतान्त्रिक फोरममा पुग्नुभयो ।
२०६८ सालमा जयप्रकाश गुप्ता भ्रष्टचारको अभियोगमा जेल परेपछि राजकिशोर यादव फोरम गणतान्त्रिकको अध्यक्ष बन्नुभयो । अध्यक्ष भएको केही समयमै उहाँ सूचना तथा सञ्चार मन्त्री पनि बन्नुभयो ।
२०७० सालको चुनावमा सिरहा क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका गणेश मण्डलसँग पराजित हुनुभएको थियो । उहाँको नेतृत्वमा रहेको दलले सामानुपतिकतर्फ एक सिट मात्रै पाएपछि उहाँले आफ्नै श्रीमतीलाई सभासद बनाउनु भएको थियो । यो निर्णयका कारण पार्टीमा उहाँले चर्को आलोचना खेप्नु परेको थियो । पार्टी नै संकटमा पर्दै गएकाबेला मधेशवादी दलको एकतासँगै राजपाको स्थापना भएको र उहाँ अध्यक्ष मण्डलको सदस्य बन्नुभयो । 
२०७४ सालको संसदीय चुनावमा सिरहा क्षेत्र नम्बर ४ बाट विजयी यादव अहिले भने उपेन्द्र यादव नेतृत्वको जसपामा हुनुहुन्छ ।