राम चन्द्र झा

प्रतिनिधिसभा सदस्य
धनुषा-२

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
६८
प्राप्त मत
१३६०५
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता

राम चन्द्र झाको जन्म वि.स. २०१२ सालमा धनुषाको कमलामाई नगरपालिका ३ मा भएको हो । उहाँले भागलपुर कलेज, बिहार भारतबाट स्नातकोत्तर गर्नुभएको छ । २०३३ सालमा अखिल चौथोबाट राजनीतिमा लाग्नुभएका नेता झा विभिन्न पार्टी हुँदै अहिले एकीकृत समाजवादीमा आवद्ध हुनुहुन्छ । २०५१ सालमा नेकपा एमालेबाट सांसद बनेका झा २०६४ सालमा पनि नेकपा एमालेबाटै विजयी हुनुभएको थियो । २०६५ सालमा उहाँ स्थानीय विकास मन्त्री हुनुभयो ।

२०७० सालको चुनावमा पनि एमालेबाटै विजयी भएका झा नयाँ शक्ति पार्टी गठनसँगै एमाले छाड्नुभएको थियो । त्यसपछि फेरि उहाँ नेकपा माओवादीमा जानुभयो र २०७४ को प्रतिनिधि सभा चुनावमा धनुषा २ बाट संघीय समाजवादी फोरमसँग पराजित हुनुभयो । अहिले उहाँ एकीकृत समाजवादीमा हुनुहुन्छ ।