राजेन्द्र महतो

प्रतिनिधिसभा सदस्य
सर्लाही-२

लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
६३
प्राप्त मत
२१५१८
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता
मानविकी संकाय र कानून विषयबाट स्नातकोत्तर

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतोको जन्म २०१५ साल मंसिर ४ गते बबरगञ्ज ८, सर्लाहीमा भएको हो । उहाँका बुबाको नाम खोभारी महतो र आमाको नाम राजकुमारीदेवी महतो हो । महतोका एक छोरी र एक छोरा छन् ।
उहाँले मानविकी संकाय र कानून विषयबाट स्नातकोत्तर गर्नुभएको छ । महतोले २०४६ सालदेखि राजनीति सुरु गर्नुभएको हो । यसअघि महतो सद्भावना पार्टीका अध्यक्ष हुनुहुन्थ्यो ।
उहाँ २०६४ सालको चुनावमा सर्लाही क्षेत्र नम्बर ४ बाट तमलोपाका उम्मेदवार रामचन्द्र राय यादवलाई पराजित गर्दै विजयी हुनु भएको थियो भने २०७० सालको चुनावमा उहाँ त्यही क्षेत्रमा पराजित हुनुभयो । त्यस्तै २०७४ सालको चुनावमा धनुषा क्षेत्र नम्बर ३ बाट कांग्रेसका नेता विमलेन्द्र निधिलाई पराजित गरेर चर्चामा आउनु भएको थियो ।
पूर्व उपप्रधानमन्त्री महतोले आपूर्ति, स्वास्थ्य लगायतका मन्त्रालयको जिम्मेवारी सम्हालि सक्नुभएको छ ।