देव प्रसाद तिमलसेना

प्रतिनिधिसभा सदस्य
रौतहट-४

(विजयी)

नेपाली काँग्रेस

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
५२
प्राप्त मत
३४१६१
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता

नेपाली कांग्रेसका नेता देवप्रसाद तिमलसेनाको जन्म २०२७ साल असोज १५ गते रौतहटको डुमरियामा भएको हो । होमनाथ र दमन्तादेवी तिमल्सिनाको छोरा देवप्रसादले २०४६ सालदेखि नेविसंघबाट राजनीति सुरु गर्नुभएको हो । 

उहाँ सुरुमा नेविसंघको प्रारम्भिक कमिटीको सभापति हुनुभयो । २०४८ सालमा नेपाली कांग्रेसको गाउँ कमिटि सभापति हुनुभएका तिमलसेना पार्टीको क्षेत्रीय सभापति, जिल्ला सचिव हुँदै महासमिति सदस्य बन्नुभयो ।

२०७४ सालको चुनावमा रौतहट क्षेत्र नम्बर ४ बाट विजयी तिमलसेनाका तीन छोरी छन् । उहाँले प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गर्नुभएको छ ।