उमाकान्त चौधरी

प्रतिनिधिसभा सदस्य
बारा-१

नेपाली काँग्रेस

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
५६
प्राप्त मत
३००५६
लिङ्ग
पुरुष
हालको पद
केन्द्रीय सदस्य र अनुशासन समिति सदस्य
शैक्षिक योग्यता
वनस्पति शास्त्रमा स्नातकोत्तर

वनस्पति शास्त्रमा स्नातकोत्तर उत्तीर्ण नेपाली कांग्रेसका नेता उमाकान्त चौधरीको जन्म विसं २०२३ साल भाद्र १५ गते बाराको अमाव–३, मा भएको हो । उहाँका बुबाको नाम चन्द्रिकाप्रसाद चौधरी र आमाको नाम मधेशीयादेवी थरुनी हो ।
विसं २०३६ सालदेखि राजनीतिमा प्रवेश गरेका चौधरी नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको केन्द्रीय सदस्य पनि हुनुहुन्थ्यो । विसं २०५६ सालको संसदीय चुनावमा उहाँ बारा क्षेत्र नम्बर १ बाट विजयी हुनुभएको थियो । विभिन्न समयमा मन्त्री भएका चौधरीले पछिल्लो समयमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भएर काम गर्नुभयो । त्यसअघि उहाँ कृषि तथा सहकारी सहायक मन्त्रीसमेत हुनुहुन्थ्यो । 
संविधानसभा चुनाव २०६४ मा बारा जिल्लाको क्षेत्र नम्बर ५ बाट विजयी हुनुभएको थियो । उहाँ २०५९ सालमा कृषी तथा सहकारी सहायकमन्त्री र २०६४ सालमा स्वास्थ्यमन्त्री हुनुभएको थियो । 
पहिले नेपाली कांग्रेसको केन्द्रीय सदस्य र अनुशासन समितिका सदस्यसमेत रहनुभएका  उहाँ २०७४ सालको संघीय चुनावमा बारा १ बाट विजयी हुनुभएको थियो ।