कृष्ण कुमार श्रेष्ठ

प्रतिनिधिसभा सदस्य
बारा-४

(विजयी)

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
५४
प्राप्त मत
३०३४१
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता

किसान उपनामले परिचित पूर्व श्रम मन्त्री कृष्णकुमार श्रेष्ठको जन्म २०२४ साल पुस ७ गते तनहुँको साविकको जामुने –९ मा भएको हो । श्रेष्ठले प्रविणता प्रमाणपत्र तहसम्म अध्ययन गर्नुभएको छ । २०३८ सालमा अनेरास्ववियुको सदस्यता लिनुभएका श्रेष्ठले प्रजातन्त्र प्राप्तिको आन्दोलनमा जेलनेल पनि भोग्नुभयो ।

 २०७० सालको दोस्रो संविधानसभा चुनावमा तनहुँ क्षेत्र नम्बर दुईबाट पराजित हुनुभएका श्रेष्ठले २०७४ को प्रतिनिधि सभा चुनावमा भने तनहुँबाट कांग्रेसका रामचन्द्र पौडेललाई हराउँदै विजयी हुनुभयो । एमाले पार्टी विभाजनपछि भने उहाँ नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभयो । 

पौडेललाई पराजित गर्नुभएका श्रेष्ठ गठबन्धनको सरकारमा कांग्रेसकै सभापति शेरबहादुर देउवाको क्याबिनेटमा श्रम तथा रोजगार मन्त्री बन्नुभयो । उहाँले संसदको उद्योग वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण समितिको सदस्य रही काम गरिसक्नुभएको छ । उहाँ नेपाल तेक्वान्दो संघको उपाध्यक्ष पनि रहिसक्नुभएको छ । उहाँ हार्डवेयर, यातायात, घरजग्गालगायतका व्यापार व्यवसायमा पनि संलग्न हुनुहुन्छ । तनहुँ घर भएका उहाँले बाराबाट उम्मेदवारी दिनुभएको छ ।