लक्ष्मण लाल कर्ण

प्रतिनिधिसभा सदस्य
पर्सा-१

लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
७५
प्राप्त मत
१११७
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता
कानुन र शिक्षा संकायमा स्नातक

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता लक्ष्मणलाल कर्णको जन्म २००३ सालको चैत १५ गते भएको हो । उहाँले कानुन र शिक्षा संकायमा स्नातक गर्नु भएको छ । सद्भावना परिषदको सचिव भएर २०४० सालमा राजनीति सुरु गरेका कर्णले २०७४ सालको संसदीय चुनावमा पर्सा क्षेत्र नम्बर ४ बाट विजयी हुनु भएको हो ।
पर्सा क्षेत्र नं १ बाट २०४८ र २०५६ सालको चुनावमा पराजित हुनुभएका कर्ण त्यसपछि २०६४ र २०७० सालको चुनावमा प्रत्यक्षतर्फबाट उम्मेदवार बन्नु भएन र दुवै पटक समानुपातिकतर्फबाट सभासद बन्नुभयो ।
माधव नेपाल नेतृत्वको सरकारमा १४ महिना विनाविभागीय मन्त्री भएका कर्ण सद्भावना पार्टीको उपाध्यक्ष हुनुहुन्थ्यो । मधेसवादी दलको एकतासँगै राजपामा आबद्ध भएका नेता कर्ण अहिले भने लोसपामा हुनुहुन्छ ।