मोहन आचार्य

प्रतिनिधिसभा सदस्य
रसुवा

(विजयी)

नेपाली काँग्रेस

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
४५
प्राप्त मत
१८२३५
लिङ्ग
पुरुष
हालको पद
केन्द्रीय सदस्य, नेपाली कांग्रेस
शैक्षिक योग्यता
सिभिल इन्जिनीयरिङ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन आचार्यको जन्म विसं २०३३ चैत २९ गते रसुवाको लहरेपौवामा भएको हो ।


विद्यालय शिक्षा सिद्धार्थ वनस्थलीमा अध्ययन गरेका आचार्य विस २०४६ सालको जनआन्दोलनमा कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघमार्फत राजनीतिमा लाग्नुभएको हो । भारतको देहरादुनबाट उच्च शिक्षा हासिल गर्नु भएका आचार्य फिलिपिन्सबाट सिभिल इन्जिनीयरिङ पढाई पूरा गरेर विसं २०५६ सालमा स्वदेश फर्केलगत्तै कांग्रेस राजनीतिमा सक्रिय हुनुभयोे । 


उच्च शिक्षा पूरा गरेसँगै पार्टीको क्रियाशिल सदस्यता लिएका आचार्य विस २०७२ सालमा सम्पन्न पार्टीको १३ औँ महाधिवेशनमा महासमिति सदस्य निर्वाचित हुनुभयो । २०७८ सालमा भएको पार्टीको १४ औँ महाधिवेशनमा भने पहिलो पटक केन्द्रीय सदस्य निर्वाचित हुनु भएको हो ।  


विसं २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा उहाँले रसुवाबाट एमालेका उम्मेद्वार जनार्दन ढकाललाई पराजित गर्नुभएको थियो ।