राजेन्द्र प्रसाद पाण्डे

प्रतिनिधिसभा सदस्य
धादिङ-१

(विजयी)

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
६६
प्राप्त मत
३६०१८
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता

वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको जन्म वि.स. २०१३ जेठ २९ मा धादिङको गजुरीमा भएको हो । पाण्डे विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय हुनुहुन्छ । त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा एमए गर्नुभएका पाण्डे २०३४ सालदेखि २०४२ सालसम्म शिक्षण पेशामा संलग्न हुनुहुन्थ्यो । २०३२ सालमा सरस्वती क्याम्पसमा विद्यार्थी आन्दोलनको नेतृत्व गर्दा जेल परेपछि उहाँ सक्रिय राजनीतिमा लाग्नुभएको हो । जेलमा उहाँको झापाली आन्दोलनका राजबन्दीसँग भेट भयो । त्यहींबाट झापाली आन्दोलनको समर्थन गर्दै सक्रिय राजनीतिमा लाग्नुभयो । 

२०३३ सालमा केन्द्रीय कारागारमा कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएका पाण्डेले २०३४ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठनको संस्थापक सहित दुई कार्यकाल धादिङ जिल्ला अध्यक्ष भएर काम गर्नुभयो । २०३६ साल कात्तिकमा जिल्लामा पार्टी स्थापना गरेर उहाँले ८ वर्षसम्म सचिव पदमा काम गर्नुभयो ।  

उहाँ २०४३ मा जिल्ला पञ्चायतको सभापति हुनुभयो । यस्तै २०५० सालमा नेकपा एमालेको अञ्चल सचिव र २०५५ मा केन्द्रीय सदस्य बन्नुभयो । उहाँ लगातार निर्वाचित हुने नेतामा पर्नुहुन्छ । धादिङबाट २०४८, २०५१, २०५६ र २०७० को प्रतिनिधि सभा सदस्य निर्वाचित भइसक्नुभएको छ । यस्तै उहाँले स्थानीय विकास मन्त्रालयको जिम्मेवारी पनि सम्हालिसक्नुभएको छ । 

चार पटक प्रतिनिधि सभा सदस्य भइसक्नुभएका उहाँ २०७४ को निर्वाचनमा भने मुख्यमन्त्री बन्ने उद्देश्यले प्रदेश सभामा फर्किनुभएको थियो । धादिङ १ ‘क’बाट वाग्मती प्रदेश सभामा निर्वाचित भए पनि डोरमणि पौडेल मुख्यमन्त्री बन्नुभयो । एमाले विभाजन भएपछि उहाँले नेकपा एकीकृत समाजवादी रोज्नुभयो र वाग्मती प्रदेशको मुख्यमन्त्री बन्ने अवसर जुर्यो ।