अर्जुन नरसिंह के.सी.

प्रतिनिधिसभा सदस्य
नुवाकोट-२

(विजयी)

नेपाली काँग्रेस

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
७५
प्राप्त मत
२८१०७
लिङ्ग
पुरुष
हालको पद
केन्द्रीय सदस्य
शैक्षिक योग्यता
कानुन संकाय स्नातकोत्तर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको जन्म २००४ साल असोजमा नुवाकोटको राउतबेसी –४ मा भएको हो । कानुन संकायबाट स्नातकोत्तर केसी तीन पटक मन्त्री बनिसक्नु भएको छ । 
२०५२ सालमा १८ महिना स्वास्थ्य मन्त्री, ०५६ सालमा शिक्षा तथा आवास मन्त्री र २०७३ सालमा शहरी विकास मन्त्री हुनुभयो ।
२०५७ देखि ०६२ सालसम्म नेपाली कांग्रेसको प्रवक्ता भएका केसी २०६४ देखि ०६८ सम्म नेपाली कांग्रेसको सह–महामन्त्री हुनुभयो । १३ औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएपछि उहाँलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको थियो भने चौधौँ महामिधवेशनमा भने उहाँ खुलातर्फ केन्द्रीय सदस्य निर्वाचित हुनु भएको हो ।
२०६४ सालको संविधानसभा चुनावमा नुवाकोट जिल्ला क्षेत्र नम्बर १ बाट पराजित हुनुभएका केसी २०७० को दोस्रो संविधानसभा चुनावमा भने त्यसै क्षेत्रबाट विजयी हुनुभयो । तर, २०७४ सालको संसदीय चुनावमा भने उहाँ पराजित हुनुभयो ।