राजन भट्टराई

प्रतिनिधिसभा सदस्य
काठमाडौं-४

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
५४
प्राप्त मत
१३८५५
लिङ्ग
पुरुष
हालको पद
पोलिटव्युरो सदस्य
शैक्षिक योग्यता
विद्यावारिधी

एमाले पोलिटव्युरो सदस्य डा. राजन भट्टराईको जन्म २०२५ साल असार २९ गते सिन्धुपाल्चोकको सिन्धुकोटमा भएको हो । बाबु टंकनाथ भट्टराई र आमा मनुमायाबाट जन्मिएका उहाँ एक छोराका पिता हुनुहुन्छ ।
काठमाण्डौको चाबहिलस्थित पशुपति मित्र माविबाट अध्ययन सुरु गरेका डा. भट्टराईले एसएलसी भने पद्मोदय माविबाट पास गर्नुभएको हो । स्नातकसम्म नेपालमै अध्ययन गरेका उहाँले स्नातकोत्तर बेलायतबाट गर्नुभएको छ । उहाँले लण्डन युनिभर्सिटीको सेवास कलेजबाट स्नातकोत्तर गरेपछि भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट विदेश नीतिमा विद्यावारिधी गर्नुभएको छ । 
एमालेभित्र बौद्घिक छवि बनाएका डा. भट्टराई स्थानीय रुपमा निकै लोकप्रिय मानिनुहुन्छ । डा. भट्टराई एसियाका विद्यार्थीहरुको समेत नेता बन्नुभएको थियो । उहाँ एशियन स्टुडेन्ट एशोसियशनको महासचिवमा विजयी भएर चारवर्ष हङकङमा बसेर विद्यार्थीहरुको राजनीतिमा सक्रिय रहनुभएको थियो । उहाँ नेपाल भारत प्रबुद्घ समूहको सदस्य समेत हुनुहुन्थ्यो । माधव नेपाल सरकारमा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार भएका भट्टराई दोस्रो संविधानसभा चुनावमा समानुपातिकबाट सभासद हुनुभएको थियो । हाल उहाँ काठमाडौं स्थित चावहिल ७ मा बसोवास गर्दै आउनु भएको छ । उहाँ २०७४ सालको चुनावमा काठमाण्डौ क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेर पराजित हुनु भएको थियो ।