गगन कुमार थापा

प्रतिनिधिसभा सदस्य
काठमाडौं-४

(विजयी)

नेपाली काँग्रेस

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
४६
प्राप्त मत
२१३०२
लिङ्ग
पुरुष
हालको पद
महामन्त्री, नेपाली कांग्रेस
शैक्षिक योग्यता
समाजशास्त्रमा स्नातकोत्तर

नेपाली कांग्रेसका महामन्त्री गगन थापाको जन्म वि.सं. २०३३ सालमा सोलुखुम्बुमा भएको हो । उहाँको बुवाको नाम महेन्द्रकुमार थापा र आमाको नाम रामेश्वरी थापा हो । काठमाण्डौको सिद्धार्थ वनस्थली हाइस्कुल पढेका थापाले समाजशास्त्रमा स्नातकोत्तर गर्नु भएको छ ।
थापाले वि.सं. २०४६ सालबाट राजनीति सुरु गर्नु भएको हो । उहाँ वि.सं. २०५९ देखि वि.सं. २०६१ सालसम्म नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको महामन्त्री हुनुहुन्थ्यो । तत्कालीन राजा ज्ञानेन्द्र शाहको सक्रिय शासन विरुद्धको आन्दोलनमा आक्रामक भाषण गरेर चर्चामा आएका नेता थापा आफ्नै पार्टीका शीर्ष नेताहरुका समेत आलोचक हुनुहुन्छ ।
उहाँ २०६४ सालमा भएको पहिलो संविधानसभा चुनावमा नेपाली कांग्रेसका तर्फबाट समानुपातिकबाट सभासद् हुनुभएको थियो । त्यस्तै २०७० सालमा भएको दोस्रो संविधानसभाको चुनावमा भने उहाँले कांग्रेसका तर्फबाट प्रत्यक्ष चुनावमा भाग लिनुभएको थियो । काठमाण्डौ क्षेत्र नम्बर ४ बाट चुनावमा प्रत्यक्ष प्रतिस्पर्धामा उत्रनु भएका थापा विजयी हुनुभएको थियो । २०७४ सालको चुनावमा यही क्षेत्रबाट उहाँले एमालेका राजन भट्टराईलाई हराउनु भएको थियो । उहाँ यस पटक पनि काठमाण्डौ क्षेत्र नम्बर ४ बाटै उम्मेदवार हुनुहुन्छ । 
दोस्रो संविधानसभाको चुनावबाट चुनिएपछि उहाँ २०७३ सालमा पुष्पकमल दाहल प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री भएर नौ महिना सरकारमा रहनुभयो । उहाँ सरकारमा रहँदा स्वास्थ्य क्षेत्रमा उल्लेख्य कामहरु भएका थिए । 
२०७८ सालमा भएको पार्टीको १४ औँ महाधिवेशनमा उहाँ महामन्त्रीका रुपमा विजयी हुनुभएको हो ।