गोकुल प्रसाद वाँस्कोटा

प्रतिनिधिसभा सदस्य
काभ्रेपलाञ्चोक-२

(विजयी)

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
५२
प्राप्त मत
४५३४५
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता
स्नातक

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले स्नातक तह सम्मको अध्ययन पूरा गर्नुभएको छ । विद्यालयमा पढ्दा २०३७ सालदेखि नै राजनीतिमा लागेका बाँस्कोटा २०७० सालको चुनावमा पनि उम्मेदवार बन्नु भएको थियो । तर उहाँ पराजित हुनुभयो । तर, २०७४ सालको चुनावमा भने उहाँ काभ्रे क्षेत्र नम्बर २ बाट विजयी हुनु भएको थियो । 


बाँस्कोटाले नेकपा एमालेको केन्द्रीय स्कुल विभागको सदस्य भएर समेत काम गर्नुभएको छ । उहाँ सञ्चार तथा सूचना प्रविधि तथा सहरी विकास मन्त्री समेत भइसक्नु भएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा ७० करोड कमिसनबारेको अडियो सार्वजनिक भएपछि उहाँले सञ्चारमन्त्रीको पदबाट राजीनामा दिनु भएको थियो ।