विरोध खतिवडा

प्रतिनिधिसभा सदस्य
मकवानपुर-२

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
६२
प्राप्त मत
३०४३२
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता
स्नातक

नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाको जन्म २०१७ सालको फागुन १० गते मकवानपुरमा भएको हो । भुटनदेवी माविबाट माध्यामिक तहको शिक्षा लिनुभएका विरोध खतिवडाले काठमाडौंको नेपाल ल क्याम्पसबाट कानुन संकायमा स्नातक तहसम्मको अध्ययन गर्नुभएको छ ।


२०३० सालमा अनेरास्ववियुबाट कम्युनिष्ट राजनीति सुरु गरेका खतिवडा मकवानपुरमा निकै चर्चित नेता मानिनुहुन्छ । नेता खतिवडा २०४८, २०५१ र २०५६ सालमा मकवानपुरबाट सांसद हुनुभएको थियो । उहाँले २०७४ सालको संसदीय चुनावमा मकवानपुर क्षेत्र नम्बर २ बाट विजयी हुनुभयो ।


नेकपा एमाले विभाजन भएपछि एकीकृत समाजवादीमा लाग्नु भएका खतिवडा स्वास्थ्य मन्त्रीसमेत हुनुभयो ।