अब्दुस सलाम मिया

प्रतिनिधिसभा सदस्य
गोरखा-२

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
२९
प्राप्त मत
७३९५
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता

गोरखामा जन्मिनुभएका युवा नेता अब्दुस सलाम मियाँ विवेकशील साझा पार्टी परित्याग गरेर एमालेमा प्रवेश गर्नुभएको हो । एमाले प्रवेश गर्नुअघि अब्दुस मियाँले काठमाण्डौ क्षेत्र नम्बर ६ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको थियो ।

विवेकशील साझा पार्टी छोडेर बस्नुभएका मियाँले असार ११ मै उम्मेदवारी घोषणा गरे पनि लगत्तै एमाले प्रवेश गर्नुभएको थियो । मनोनयन दर्ता गर्दै मियाँले वैकल्पिक राजनीतिले खेप्नुपरेको आरोह–अवरोहका कारण आम नागरिकसमक्ष गरेका प्रतिबद्धता पूरा गर्न नसकेकाले एमालेबाट प्रतिनिधिसभाको चुनाव लड्न लागेको बताउनुभयो । उहाँ ५ वर्षदेखि वैकल्पिक राजनीतिक अभियानमा सक्रिय हुनुहुन्थ्यो ।