श्रीनाथ वराल

प्रतिनिधिसभा सदस्य
कास्की-२

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
५४
प्राप्त मत
९६५९
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता

कास्कीका श्रीनाथ बराल नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा गण्डकी प्रदेशका उपाध्यक्ष हुनुहुन्छ । जिल्ला विकास समिति कास्कीको अन्तिम कार्यकालमा उपसभापति रहनुभएका बरालले २०३६ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिनुभएको हो । २०४१ सालदेखि पूर्णकालीन कार्यकर्ता बन्नुभएका बराल २०४६ सालको जनआन्दोलनमा गण्डकी अञ्चलमा बाममोर्चाका सदस्य हुनुहुन्थ्यो । 

२०५९ माघ १९ को शाही घोषणा तथा तत्कालीन राजा ज्ञानेन्द्रले गरेको स्थानीय निर्वाचन बहिस्कार आन्दोलनको क्रममा गिरफ्तारीमा पर्नुभएका बराल नेकपाको कार्यकालमा केन्द्रीय सदस्य तथा कास्की सहईन्चार्ज हुनुहुन्थ्यो ।