प्रेम प्रसाद तुलाचन

प्रतिनिधिसभा सदस्य
मुस्ताङ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
६०
प्राप्त मत
३०७८
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता
व्यावस्थापन संकायमा प्रविणता प्रमाणपत्र तह

प्रेमप्रसाद तुलाचनको जन्म २०१८ सलाको माघमा मुस्ताङको लेतेमा भएको हो । गण्डकी स्कुल पोखराबाट एसएलसीसम्मको शिक्षा हाँसिल गरेका तुलाचलन पोखराकै पृथ्वीनारायण क्याम्पसबाट व्यावस्थापन संकायमा प्रविणता प्रमाणपत्र तहसम्मको शिक्षा पुरा गर्नुभएको छ । 
२०४७ सालमा नेपाली कांग्रेसबाट राजनीति सुरु गरेका प्रेमप्रसाद तुलाचन अहिले नेकपा एमालेमा आबद्ध हुनुहुन्छ । २०४७ सालमा नेपाली कांग्रेसको साधारण सदस्य भएका तुलाचन २०४८ सालमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति मुस्ताङको कोषाध्यक्ष हुनुभयो । २०५४ सालमा स्थानीय तहको निकायको चुनावबाट जिविस मुस्ताङको निर्विरोध सदस्य हुनुभएको थियो ।
२०७० सालको चुनावमा नेपाली कांग्रेसबाट बागी उम्मेदवार बनेका तुलाचन १२ मतले पराजित हुनुभएको थियो । त्यसपछि कांग्रेसले उहाँलाइ ५ बर्षको लागि पार्टीबाट निष्कासन गर्‍यो । २०७४ सालको साउनमा प्रेमप्रसाद तुलाचन एमालेमा प्रवेश गर्नुभएको थियो भने मुस्ताङबाट विजय हासिल गर्नु भएको थियो ।