पदम गिरी

प्रतिनिधिसभा सदस्य
पर्वत

(विजयी)

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
४५
प्राप्त मत
२९८७२
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता

पदम गिरी एमालेका युवा नेता हुनुहुन्छ । २०३३ सालको मंसिरमा पर्वतमा जन्मिएका गिरीले एसएलसीसम्मको शिक्षा काफलचौर माविबाट हासिल गर्नुभएको छ । उहाँले पृथ्वीनारायण क्याम्पस पोखराबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।
२०४६ सालमा अखिल पाँचांैको सदस्य हुँदै कम्युनिष्ट राजनीति सुरु गरेका गिरी २०५५ सालमा पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियूका सचिव हुनुभएको थियो । २०५९ अनेरास्ववियूको १९ औं सम्मेलनबाट केन्द्रीय सचिवालयमा निर्वाचित गिरी २०६३ सालमा पृथ्वीनारायण क्याम्पस स्ववियू सभापतिमा चयन हुनुभएको थियो । पदम गिरी २०७१ सालमा नेकपा एमाले जिल्ला कमिटी पर्वतको आठौँ अधिवेशन बाट जिल्ला अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
उहाँ २०७४ सालको चुनावमा पर्वत क्षेत्र नम्बर १ बाट विजयी हुनु भएको थियो ।