प्रदिप कुमार ज्ञवाली

प्रतिनिधिसभा सदस्य
गुल्मी-१

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
६१
प्राप्त मत
३२१५२
लिङ्ग
पुरुष
हालको पद
उपमहासचिव, एमाले
शैक्षिक योग्यता
कक्षा १०

एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीको जन्म विसं २०१९ साल भदौ २८ गते गुल्मीको बलेटक्सार २ मा भएको हो । नारायणदत्त र पुण्यकलाका छोरा प्रदीपकुमार ज्ञवालीका एक छोरी र दुई छोरा छन् । बि.सं २०२८ सालदेखि राजनीतिमा लागेका ज्ञवाली २०३५ सालमा केन्द्रीय कोअर्डिनेशन कमिटीको सदस्य हुनुहुन्थ्यो ।
२०५६ सालको संसदीय चुनाव जितेका ज्ञवाली २०६४ सालको संविधानसभा चुनावमा पनि गुल्मी क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभयो । २०७० सालको चुनावमा भने उहाँ कांग्रेस चन्द्र भन्डारीसँग पराजित हुनुभयो । २०७४ सालको चुनावमा उहाँ गुल्मी क्षेत्र नम्बर १ बाट विजयी हुनुभयो ।
विसं २०६३ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएका ज्ञवाली २०७४ सालको चुनावपछि परराष्ट्रमन्त्रीसमेत बन्नुभयो । तत्कालीन नेकपा माओवादीसँग वार्ता गर्न सरकारले गठन गरेको तीन सदस्यीय समितिका सदस्य पनि हुनुहुन्थ्यो ज्ञवाली ।
उहाँले कक्षा १० सम्मको औपचारिक शिक्षा लिनुभएको छ । राम्रो सैद्धान्तिक ज्ञान, नरम र शिष्ट व्यवहार भएका नेताका रुपमा परिचित ज्ञवाली साहित्यमा समेत रुची र दख्खल राख्नुहुन्छ । साहित्य क्षेत्रमा उहाँ आफूलाई ‘शीतविन्दू’का नामले लेख्नुहुन्छ । ज्ञवालीका साहित्य र राजनीतिमा चार गरी धेरै पुस्तक प्रकाशित छन् ।