चन्द्रकान्त भण्डारी

प्रतिनिधिसभा सदस्य
गुल्मी-१

(विजयी)

नेपाली काँग्रेस

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
६१
प्राप्त मत
३३७४४
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता
समाजशास्त्र र व्यवस्थापन संकायमा स्नातकोत्तर

नेपाली कांग्रेसका नेता चन्द्रकान्त (चन्द्र) भण्डारीको जन्म विसं २०१८ साल वैशाख २ गते हुँगा गाविस– ७, गुल्मीमा भएको हो । ईश्वरीप्रसाद र हरिकलाका छोरा चन्द्र भण्डारीले २०३३ सालदेखि राजनीतिक यात्रा सुरु गर्नुभएको हो ।
समाजशास्त्र र व्यवस्थापन संकायमा स्नातकोत्तर भण्डारी नेपाल विद्यार्थी संघको पूर्व महामन्त्री हुनुहुन्छ । 


उहाँ २०६२ र ०६३ को आन्दोलनमा नेपाली कांग्रेसको राजनीतिक कार्यदिशा नभए पनि गणतन्त्रका पक्षमा खुलेर लाग्नुभएको थियो । २०६४ सालको संविधानसभा चुनावमा यही क्षेत्रबाट उम्मेदवार भएका भण्डारी नेकपा एमालेका प्रदीप ज्ञवालीसँग पराजित हुनुभएको थियो । तर २०७० सालको चुनावमा भने प्रदिप ज्ञवालीलाई नै हराएर उहाँले चुनाव जित्नुभएको हो । २०७४ सालको संसदीय चुनावमा भने उहाँ ज्ञवालीसँग पराजित हुनुभयो ।