राम कुमारी झाक्री

प्रतिनिधिसभा सदस्य
गुल्मी-२

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
४४
प्राप्त मत
२६४४१
लिङ्ग
महिला
हालको पद
शैक्षिक योग्यता

वि.स. २०३४ सालमा गुल्मीको साविकको मयालपोखरी गाविस १ मा जन्मनुभएकी रामकुमारी झाँक्री विद्यार्थी आन्दोलनबाट राजनीतिमा लाग्नुभएको हो । २०६५ सालमा नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुको पोखरा महाधिवेसनबाट उहाँ अध्यक्ष हुनुभएको थियो । त्यो पदमा निर्वाचित हुने उहाँ पहिलो महिला बन्नुभएको थियो । 

एमाले विभाजन भएसँगै झाँक्री माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा आवद्ध हुनुहुन्छ । शहरी विकास मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिसक्नुभएकी झाँक्री नेपाली राजनीतिमा प्रखर बोल्ने महिला नेतृको रुपमा पनि चिनिनुहुन्छ ।

अघिल्लो चुनावमा गोकर्ण विष्टको चुनावी कमाण्डरको रुपमा काम गर्नुभएकी झाँक्री यो चुनावमा उहाँको प्रतिष्पर्धी बन्नुभएको छ ।