शान्ता चौधरी

प्रतिनिधिसभा सदस्य
दाङ-१

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
४३
प्राप्त मत
२१४९३
लिङ्ग
महिला
हालको पद
शैक्षिक योग्यता

दाङ, लक्ष्मीपुरकी शान्ता चौधरी २५ वर्षसम्म जमिनदारको घरमा कमलरी बनेपछि विद्रोह गरेर राजनीतिमा उदाएकी साहसी महिलाको रुपमा चिनिनुहुन्छ । उहाँ नेपालको पहिलो संविधानसभा सदस्य पनि हुनुहुन्थ्यो ।

आफू कमलरीबाट उम्किएपछि उहाँले अरु १७ जना कमलरीलाई आफैले मुक्त गराई शिक्षाको समेत व्यवस्था आफ्नै तर्फबाट गरिदिनुभएको थियो । दुई सन्तानकी आमा चौधरी भूमि आन्दोलनमा लाग्दा जमीन्दारले उहाँको छाप्रो जलाइदिएको थियो । त्यही भूमि अधिकार सम्बन्धी आन्दोलनमा सक्रिय भएकै बेला एमालेले उहाँलाई समानुपातिक सभासद बनाएको थियो ।

यस्तै उहाँले संविधानसभा अन्तर्गतको प्राकृतिक स्रोत साधन समितिको सभापति पदमा रहेर जिम्मवारी पनि निर्वाह गरिसक्नुभएको छ । चौधरीले सानोमा पढ्न नपाए पनि राजनीतिमा लागेपछि उहाँले ९ कक्षादेखि पढ्न सुरु गरेर १२ कक्षा उत्तिर्ण गरिसक्नुभएको छ । उहाँको आत्मकथा ‘कम्लहरीदेखि सभासद्सम्म’ प्रकाशित भइसकेको छ ।