मेटमणि चौधरी

प्रतिनिधिसभा सदस्य
दाङ-१

(विजयी)

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
४९
प्राप्त मत
२६५७६
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता
अर्थशास्त्र र राजनीति शास्त्रमा स्नातकोत्तर

नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले अर्थशास्त्र र राजनीति शास्त्रमा स्नातकोत्तर गर्नु भएको छ । उहाँको जन्म २०२९ सालको चैत १० गते गढवा ८ मानपुर देउखुरी, दाङमा भएको हो ।
जनता मावि गढवाबाट एसएलसी गरेकी चौधरीले महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जबाट अर्थशास्त्रमा र महेन्द्र बहुमुखी क्याम्पस दाङबाट राजनीतिमा स्नातकोत्तर गर्नुभएको छ । 
चौधरी २०७१ सालमा एमाले वैकल्पिक केन्द्रीय सदस्यमा निर्वाचित भएपछि दाङ जिल्ला इन्चार्ज हुनुभएको थियो । २०६३ मा एमालेको क्षेत्रीय अध्यक्ष र जिल्ला सचिवालय सदस्य बनेका चौधरी २०५९ मा अखिलको मध्यपश्चिम अध्यक्ष र २०५५ सालदेखि ०६१ सम्म अखिलको केन्द्रीय सदस्य हुनु भएको थियो ।
त्यस्तै उहाँ २०४६ सालमा मावि गढावामा अखिलको अध्यक्ष, २०४९ र २०५३ सालसम्म महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सदस्य, २०४८ सालमा अखिलको क्षेत्रीय अध्यक्ष, २०५५ सालमा अखिलको जिल्ला अध्यक्ष र २०५७ सालमा अखिलको राप्ती अञ्चल अध्यक्ष हुनुभएको थियो । 
२०७४ सालमा दाङ क्षेत्र नम्बर १ बाट चुनाव जित्नु भएका चौधरी अहिले शहरी विकासमन्त्री हुनुहुन्छ । नेकपा एमाले विभाजन भएपछि भने उहाँ नेकपा एकीकृत समाजवादीमा सक्रिय हुनुहुन्छ ।