प्रकाश ज्वाला

प्रतिनिधिसभा सदस्य
सल्यान

(विजयी)

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
५५
प्राप्त मत
३५७०७
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता

प्रकाश ज्वालाको जन्म वि.स.२०२३ मंसिर १२ गते सल्यानमा भएको हो । उहाँले एमए र बिएलसम्मको अध्ययन गर्नुभएको छ । नेकपा एकीकृत समाजवादी पार्टीका कर्णाली इन्चार्ज प्रकाश ज्वाला २०५६ सालको संसदीय चुनावमा सल्यानमा एमालेबाट विजयी घोषणा हुने पहिलो सांसद हुनुहुन्थ्यो । सल्यानबाट विजयी हुँदा माओवादी जनयुद्ध त्यस क्षेत्रमा फैलँदै थियो । तर पछि लामो समय जनप्रतिनिधि हुन नसकेका ज्वाला २०७४ सालको चुनावमा प्रदेशसभामा सल्यान १ ख बाट विजयी हुनुभयो । मुख्यमन्त्री बन्ने महत्वाकांक्षाका साथ प्रदेश सभामा प्रतिष्पर्धा गर्नुभएको थियो । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री बन्नुभएका ज्वालाले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी भने पाउनुभएको थियो । 

उहाँले कर्णाली प्रदेशमा नेकपा एमालेविरुद्ध विद्रोह गर्नुभएको थियो । फ्लोर क्रस गरेर कर्णाली प्रदेश सरकार बचाइदिनुभयो । माओवादीबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाही नेतृत्वको सरकार बचाइदिएसँगै ज्वाला एमालेबाट निष्काशनमा पर्नुभएको थियो ।