लेख राज भट्ट

प्रतिनिधिसभा सदस्य
कैलाली-४

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
६३
प्राप्त मत
२२६६३
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता

पहिले नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य रहनुभएका भट्ट अहिले नेकपा एमालेमा आबद्ध हुनुहुन्छ । एमालेका नेता लेखराज भट्टको जन्म २०१६ साल चैत्र ११ गते गडसेरा–९, डोटीमा भएको हो । दशरथ र दुर्गादेवी भट्टका छोरा लेखराजले स्नातकसम्मको अध्ययन गर्नुभएको छ । २०३० सालदेखि राजनीतिमा लागेका प्रचण्ड नेतृत्वको सरकारमा श्रम मन्त्री तथा तत्कालीन माओवादीका नेता डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा वाणिज्य तथा आपूर्ति मन्त्री भएर काम गर्नुभएको थियो । २०३३ सालमा नेकपाको सदस्यता लिएका लेखराज २०३६ सालमा मोहन विक्रम सिंहले नेतृत्व गरेको नेकपा चौथो महाधिवेशनमा लाग्नुभयो ।

उहाँ विभिन्न समयमा नेकपा मशाल, नेकपा (एकता केन्द्र) हुँदै नेकपा (माओवादी) मा प्रवेश गर्नुभएको थियो । २०५१ सालमा तत्कालीन नेकपा माओवादीको पूर्णकालीन सदस्य भएका भट्ट वि.सं २०५७ सालमा केन्द्रीय सदस्य हुँदै पोलिटब्यूरो सदस्य बन्नुभयो । तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको सशस्त्र विद्रोहका समयमा उहाँ ६ महिना जेल पर्नु भएको थियो । २०६४ सालको संविधानसभा चुनावमा भट्ट कैलाली क्षेत्र नम्बर ५ बाट १७ हजार ९ सय ७९ मत ल्याएर विजयी हुनुभएको थियो । तर २०७० सालको चुनावमा भने यसै क्षेत्रमा पराजित हुनु पर्‍याे ।

तर २०७४ काे वाम गठबन्धनसँगै भट्ट नेकपा एमालेमा जानुभयाे । गठबन्धनमार्फत उहाँले कैलाली क्षेत्र -४ बाट २०७४ काे प्रतिनिधि सभा चुनाव पनि जित्नुभएकाे थियाे ।