ईमान सिह थापा /साउदी अरव

आठ बर्षको अनुवभमा मलाई यस्तो कहिल्यै परेको थिएन र यति धेरै जरिवाना सुनेको पनि थिइन मैले। कुरा यहि नोबेम्बर १६ तारिकको दिन साउदीको आवा खमिजको बाटो काट्ने क्रममा थिए। सबै मानिस विना कुनै जेब्राकस्र वा आकासे पूल बाटो काट्ने गर्थे। म पनि त्यसरिनै बाटो काट्ने कोसिस गर्दै थिए। त्यहाँ बाटोमा कतै जेब्रा क्रस ,आकासे पूल र ट्रफिक लाइट पनि थिएन। त्यतिकैमा यहाँको (muroor) ट्रफिक पुलिस आइपुग्यो र म लगायत अरु पनि १४ जना लाई यहाँको IDcard हेरि जरिवाना लगायो। हजार साउदी रियाल नेपाली ३१६०० रुपैयाँ जरिवाना गरेको छ। त्यसैले जानकारी हुदा हुँदै पनि जाहाँ पायो तै बाटो नकाट्नु होला। जरिवाना भन्दा पनि आफ्नो ज्यान दुर्घटनाबाट बचाउनु होला। अब यो जरिवाना फेरि तिर्नैपर्ने हुन्छ। सबै परदेशिलाई मेरो अनुरोध।