Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

450 Desh Paradesh 2021-02-09

कार्यक्रम देशपरदेशको ४५० औं अंक आउँछु भनेर समय तोक्ने तर नआउने परदेशी र उनीहरुकापरिवारका कथाव्यथा र यस्ता परदेशीलाई स्वदेश फर्काउने उपायमा केन्द्रित छ ।मलेसिया गएका श्रीमानले कैलालीको धनगढीकी लक्ष्मी ठगुन्नालाईबेला बेला फोन त गर्छन्, तर लक्ष्मीका पति न फर्केर घर आउँछन् न त एक रुपैयाँपठाउँछन् । उनै लक्ष्मीको भोगाई कार्यक्रममा सुन्न सकिन्छ । धेरै आमाहरुको मन आउँछुभनेर आश देखाउने तर फर्केर नआउने छोराको मुख देख्न नपाएर मलिन छ । रामशरणकीठगुन्नाकी आमा भिमकुमारीलाई त छोराको मुख देख्न नपाई सास जाला भन्ने पीरले सताइरहन्छ । उनको पीर चिन्ता कार्यक्रममा समेटिएको छ । यस्ता परदेशीलाई स्वदेश फर्कांउनेउपाय के होला त ? प्रवासी नेपाली समन्वय समिति पीएनसीसीमा आवद्ध कुलप्रसाद कार्कीकोसुझाव पनि कार्यक्रममा समावेश छ । साथमा छन् तपाईँले सोधेको प्रश्नमा वैदेशिकरोजगार विभागका महानिर्देशक कुमार दाहालले दिनुभएको जवाफ र हप्ताभरीका रोजगार गतिविधि पनि ।