रास्वपा सभापति रवि लामिछानेलाई काठमाण्डौबाट चितवन लगियो
मंसिर १८, २०८१ मंगलबार
खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ !
नेपालको हालको परिस्थितिमा प्रवासी नेपाली भन्ने वित्तिकै रोजगारीका लागि विदेश गएका नेपाली भन्ने बुझाई छ । आफ्ना् आर्थिक अवस्था उकास्नका लागि परिवारबाट टाढा रहँदै अनेक दुख, कष्ट र मानसिक तनाव सहिरहेका नेपाली प्रवासीका विभिन्न समस्या छन् । उनीहरुको समस्या समाधन गर्न र हक अधिकार सुनिश्चित गर्न विभिन्न संघ सस्थाहरुले काम गरिरहेका छन् । वकालत गरिरहेका छन् । तर पनि यस विषयमा काम गर्न अझै बाँकी छ । आजको कार्यक्रम देश परदेशमा हामी प्रवासी नेपालीका समस्या र यसको समाधानका लागि भइरहेका पहलबारे कुराकानी गर्दैछौं । आजको कार्यक्रममा प्रवासी नेपाली समन्वय समिति (पिएनसिसि) का सल्लाहकार कुलप्रसाद कार्की र प्रवासी नेपाली समन्वय समिति (पिएनसिसि) को तर्फबाट सामी परियोजन संयोजक अभिमान सिंह लामासँगको कुराकानी समावेश छ ।