Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

443_Desh Paradesh 2020-12-22

कार्यक्रम देश परदेशको ४४३ औं अंक भिजिट भिसामा परदेश जाँदा बिचल्लीमा परेका श्रमिकका भोगाइसँगै, भिजिट भिसाको नाममा भइरहेको ठगीका विषयमा केन्द्रित छ । भिजिट भिसामा परदेश जाँदा ठगीमा परेका श्रमिकको समस्या र अनुभव कार्यक्रममा सुन्न सकिन्छ ।
रोजगारीका लागि भिजिट भिसामा हिँडेकाको पहिचान गरी ठगीमा पर्नबाट रोक्न अध्यागमन विभागले के गरिरहेको छ त ? अध्यागमन विभागका सूचना अधिकारी टेकनारायण पौडेलको जवाफ कार्यक्रममा समेटेका छौं । भिजिट भिसामा वैदेशिक रोजगारीमा पठाउने र ठगी गर्ने प्रवृत्तिलाई रोक्न वैदेशिक रोजगार विभागले चालेका कदमबारे विभागका महानिर्देशक कुमार दाहालसँग कुराकानी पनि सुन्न सकिन्छ । भिजिट भिसामा रोजगारीका लागि किन जानु हुँदैन त ? प्रवासी नेपाली समन्वय समिति पीएनसीसीका सोम लामिछानेका सुझावसँगै  साथमा छन् हप्ताभरीका रोजगार गतिविधि पनि ।