प्रिमियर लिगमा लिभरपुल र ब्राइटन तथा सिटी र आर्सनल खेल्दै

 चैत १८, २०८० आइतबार १२:२०:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा आज दुई वटा खेल हुँदैछन् । आज लिभरपुल र ब्राइटन तथा म्यानचेस्टर सिटी र आर्सनल खेल्दैछन् ।

पहिलो खेलमा बेलुका पौने ७ बजे लिभरपुल र ब्राइटन तथा दोस्राे खेलमा राति सवा ९ बजे सिटी र आर्सनल खेल्नेछन् । अङ्क तालिकामा दोस्रो स्थानमा रहेको लिभरपुलको २८ खेलमा ६४ अङ्क छ । समान २८ खेल खेलेको ब्राइटन ४२ अङ्कका साथ नवौँ स्थानमा छ । यस्तै शीर्ष स्थानमा रहेको आर्सनलको २८ खेलमा ६४ अङ्क छ । सिटी २८ खेलमा ६३ अङ्कका साथ तेस्रो स्थानमा छ ।

गए राति आठ वटा खेल भएका थिए । ब्रेन्टफोर्ड र म्यानचेस्टर युनाइटेडले १–१ गोलको बराबरी खेलेका छन् । युनाइटेड २९ खेलमा ४८ अङ्कसहित छैटौँ स्थानमा छ । एस्टन भिल्लाले उल्भ्सलाई पेनाल्टी शुटआउटमा ४–३ गोलले हराएको छ । भिल्ला ३० खेलमा ५९ अङ्कका साथ चौथो स्थानमा छ । टोटनहमले लुटन टाउनलाई २–१ ले हराएको छ । टोटनहम २९ खेलमा ५६ अङ्कका साथ पाँचौँ स्थानमा छ ।

यस्तै बर्नमाउथले एभर्टनलाई २–१ गोलले हरायो । चेल्सी र बर्नलीले २–२, नटिङघम फरेस्ट र क्रिस्टल प्यालेसले १–१ र सेफिल्ड युनाइटेड र फुलहमले ३–३ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया