नेपाल 'ए' ले दियाे आयरल्यान्ड–उल्भ्सलाई २ सय १४ रनकाे लक्ष्य, आरिफ ९३ रनमा नट आउट

 चैत १९, २०८० सोमबार १४:५०:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालकाे 'ए' टाेलीले तेस्राे तथा अन्तिम मैत्रीपूर्ण टी–२० क्रिकेटमा आयरल्यान्ड–उल्भ्सलाई २ सय १४ रनकाे लक्ष्य दिएकाे छ ।

कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे नेपाल 'ए' ले २० ओभरमा ७ विकेट गुमाएर २ सय १३ रन बनायाे । नेपालका आरिफ शेखले ४८ बलमा नट आउट ९३ रन बनाए । यस्तै रशिद खानले २४, कमलसिंह ऐरीले नट आउट १९ रन बनाए । आयरल्यान्ड–उल्भ्सका कप्तान फिओन हान्डले २ विकेट लिए ।

आयरल्यान्ड–उल्भ्सले यसअघि नै शृङ्खला जितिसकेकाे छ । आयरल्यान्ड–उल्भ्सले पहिलाे खेल २१ रन र दाेस्राे खेल ४० रनले जितेकाे थियाे । आज नेपालले आफूलाई 'क्लिन स्वीप' हुनबाट जोगाउने प्रयास गर्नेछ ।

टी–२० शृङ्खलापछि यी दुई टोलीले तीन खेलकाे एकदिवसीय क्रिकेट शृङ्खला खेल्नेछन् । याे शृङ्खला पर्सि बुधवारदेखि त्रिवि क्रिकेट मैदानमै शुरु हुनेछ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया