आईपीएल क्रिकेटमा लखनउले बेंगलुरुलाई २८ रनले हरायो

 चैत २१, २०८० बुधबार ६:३५:४० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्टस्ले रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)लाई हराएको छ । गएराति भएको खेलमा लखनउले बेंगलुरुलाई  २८ रनले हराएको हो ।

१ सय ८२ रनको लक्ष्य पछ्याएको बेंगलुरुले १९ ओभर ४ बलमा १ सय ५३ रन मात्र बनाउन सक्यो । बेंगलुरुका महिपाल लोम्रोरले सर्वाधिक ३३ रन बनाए । यस्तै रजत पतिडरले २९ तथा विराट कोहलीले २२ रन जोडे ।  लखनउका मयंक यादवले ३ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो । लखनउका लागि ओपनर क्विन्टन डीककले सर्वाधिक ८१ रन बनाए । बेंगलुरुको यो तेस्रो हार हो भने लखनउको तीन खेलमा दोस्रो जित हो । बेंगलुरु ४ खेलमा २ अङ्क सहित नवौं स्थानमा छ  भने लखनउ ३ खेलमा ४ अङ्क सहित चौथो छ ।

आईपिएलमा आज दिल्ली क्यापिटल्स र कोलकत्ता नाइट राइडर्स खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया