अण्डाको नयाँ विक्री मूल्य निर्धारण

 चैत २२, २०८० बिहिबार ९:१७:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको समर्थन विक्री मूल्य निर्धारण गरेको छ । यसअनुसार  मध्यम अण्डा क्रेटको ३७५ रुपैयाँ, ठूलो अण्डा क्रेटको ३९० रुपैयाँ र अझै ठूलो अर्थात एक्सएल अण्डा क्रेटको ४५० रूपैयाँ कायम गरिएको छ ।

सङ्घले नयाँ समर्थन मूल्यअनुसार कारोबार गर्न व्यवसायीहरूलाई आग्रह पनि गरेको छ । इटहरी, धनगढी र काठमाण्डौमा तीन दिनसम्म भएको सङ्घको व्यवसायी भेलाले अण्डाको समर्थन विक्री मूल्य निर्धारण गरेको हो ।

नयाँ मूल्य आजैदेखि लागू भएको सङ्घले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया