६ किलो लागुऔषधसहित वडा सदस्य खत्री पक्राउ

 जेठ २७, २०७५ आइतबार १९:५३:५३ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – रुकुमको सिस्ने नगरपालिकाका वडा सदस्य लागुऔषध अफिमसहित नेपालगञ्जबाट पक्राउ परेका छन् ।

सिस्ने नगरपालिका ३ का वडा सदस्य मनबहादुर खत्रीसहित तीन जनालाई लागुऔषध अफिमसहित प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई आइतबार जिल्ला प्रहरी कार्यालय बाँकेले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङका अनुसार नेपालगञ्जको  दैलेखी जय होटलको कोठा नम्बर २०४ बाट ६ किलो ५०० ग्राम लागुऔषध अफिमसहित खत्रीलाई पक्राउ गरिएको हो ।

नेपाल प्रहरीको ५ नम्बर प्रदेश अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त  टोलीले वडा सदस्य खत्रीसहित रुकुम सिस्ने–४ का भूपेश खड्का र ३ का बमबहादुर खड्कालाई पक्राउ गरेको 
हो ।

लागुऔषध अफिमसहित पक्राउ परेका खत्री स्थानीय तहको चुनावमा नेपाली कांग्रेसबाट विजयी वडा सदस्य हुन् । रुकुममा एक किलोको अफिम करिब एकलाख रुपैयाँ पर्ने र भारतमा त्यसको मूल्य पाँच लाख रुपैयाँ प्रतिकिलोमा बिक्रि हुने पक्राउ परेकाहरुले बताएका छन् । पक्राउ परेका तीनैजना अफिमको मध्यमस्तरको कारोबारी भएको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक तामाङले पक्राउ परेका तीनजनालाई लागुऔषध ओसारपसार तथा नियन्त्रण ऐन बमोजिम १५ वर्षदेखि जन्म कैद र ५ लाखदेखि २५ लाखसम्म जरिवाना हुने बताउनुभएको छ ।

रुकुमलगायतका छिमेकी जिल्लामा समेत अफिमको कारोबार हुने गरेको छ । लागुऔषध अफिम कारोबारीहरुले भारतमा अफिम बढी मूल्यमा बिक्रि हुनभन्दै भारत तस्करी गर्ने गरेका छन् । 
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया