राजस्थानका कप्तान सामसनलाई १२ लाख भारु जरिबाना

 चैत २९, २०८० बिहिबार १५:२२:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सका कप्तान सन्जु सामसनलाई १२ लाख भारु जरिबाना भएको छ ।

गए राति गुजरात टाइटन्ससँग ‘स्लो ओभर–रेट’ ढिलो गरी खेलेपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले राजस्थानका कप्तान सामसानलाई जरिबाना तिराएको हो । गए राति भएको खेलमा राजस्थान गुजरातसँग अन्तिम बलमा तीन विकेटले पराजित भएको थियो ।

यसअघि बीसीसीआईले ‘स्लो ओभर–रेट’ मा गुजरातका कप्तान शुभमन गिल, दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई जरिबाना गरिसकेको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया