रुकुम पश्चिममा तालमा डुबेर बालकको ज्यान गयाे, भेरी नदीमा एक युवक बेपत्ता

 चैत २९, २०८० बिहिबार १८:१४:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

रुकुम पश्चिम – रुकुम पश्चिममा पानीको तालमा डुबेका एक बालकको ज्यान गएको छ । अर्का एक युवक भेरी नदीमा डुबेर बेपत्ता भएका छन् ।

बाँफिकोट गाउँपालिका–४ छिनखेतमा फोहोर पानी जम्मा भएको तालमा डुबेका दैलेखको भगवतीमाई गाउँपालिका–५ का ५ वर्षका बालक हिमेश थापाको उपचारका क्रममा जिल्ला अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज पोखरेलले जानकारी दिनुभयो । हिमेश हिजो छिनखेतको तालमा डुबेका थिए ।

त्यस्तै भेरी नदीमा नुहाउन गएका जाजरकोटको शिवालय गाउँपालिका वडा नम्बर–३ सिमाका २४ वर्षीय कमल बुढा डुबेर बेपत्ता हुनुभएको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया