गोरखाको धार्चे गाउँपालिका–२ र ३ जोड्ने झोलुङ्गे पुल बन्दै

 चैत ३०, २०८० शुक्रबार १२:४२:३३ | रासस
unn.prixa.net

तस्बिर : रासस

गोरखा – उत्तरी गोरखाको धार्चे गाउँपालिकाकाे वडा नम्बर २ काे रुन्चेतगाउँ र वडा नम्बर ३ काे लुसीकाङगाउँ जोड्ने झोलुङ्गे पुल बन्ने भएको छ ।

रुन्चेत र लुसीकाङ गाउँ नजिक भए पनि बूढीगण्डकी नदीका कारण अहिले सडक सञ्जाल र पुल नहुँदा त्यहाँ पुग्न घण्टौँ हिँड्नुपर्ने बाध्यता छ । कादुरी नेपाल संस्थाको सहयोगमा भीर खोपेर आउँदो पाँच महिनाभित्रमा झोलुङ्गे पुल निर्माण पूरा गर्नेगरी काम शुरु भएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताउनुभयो ।

झण्डै एक करोड ३३ लाख रुपैयाँको लागतमा झोलुङ्गे पुल निर्माण थालिएको हो । पुल निर्माण गर्न स्थानीवासीले एक लाख ७६ हजार रुपैयाँ बराबरको श्रमदान गर्नेछन् ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया