नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाने सहजकर्ताविरुद्ध मुद्दा दायर

 चैत ३०, २०८० शुक्रबार १५:१४:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साकी एक बाल विकास सहजकर्ताविरुद्ध विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरेको छ ।

पर्साको धोबिनी गाउँपालिकाको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भिखमपुरमा कार्यरत बाल विकास सहजकर्ता पुनम देवी कुर्मीविरुद्ध आज मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो । कुर्मीले भारतबाट जारी भएको माध्यमिक तहको परीक्षा पास गरेको भनी नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर २०६६ साल असार १२ गते नियुक्ति लिएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिबाना माग गर्दै अख्तियारले आरोप पत्र दायर गरेको छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया