रमजानको समयमा लुटपाटको प्रतिरोध गर्दा पाकिस्तानकाे कराँचीमा १९ जनाकाे ज्यान गयाे

 चैत ३०, २०८० शुक्रबार १५:२०:६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

रमजान २०२४ को समयमा पाकिस्तानको कराँचीमा लुटपाटको प्रतिरोध गर्दा १९ जनाको ज्यान जानुका साथै ५५ जना घाइते भएका छन् । लुटपाटको प्रयासमा कराँचीमा १९ जना नागरिकको ज्यान जानुमा सशस्त्र लुटेराहरू जिम्मेवार रहेको एक प्रहरी अधिकारीले बताएका पाकिस्तानको एआरवाई न्युजले जनाएको छ ।

यस वर्षको अहिलेसम्ममा कराँचीमा लुटपाटसम्बन्धी घटनामा ५६ जनाको ज्यान जानुका साथै दुई सय जनाभन्दा बढी घाइते भएका खबरमा उल्लेख छ । नागरिक–प्रहरी सम्पर्क समिति (सीपीएलसी) को एक प्रतिवेदनअनुसार सन् २०२४ को पहिलो तीन महिनामा तीन सय ७३ कार, १५ हजार नौ सय ६८ मोटरसाइकल र छ हजार एक सय दुई मोबाइल फोन चोरी वा लुटपाट भएको छ ।

कराँचीका प्रहरी प्रमुख, अतिरिक्त महानिरीक्षक इमरान याकुबले अपराधको ठूलो हिस्सामा भित्री सिन्ध र बलुचिस्तानका सहित बाहिरी व्यक्ति संलग्न रहेको बताउनुभएको एआरवाई न्युजले जनाएको छ । उहाँले रमजान र ईद–उल–फित्रको समयमा कराँचीमा झन्डै चार लाख ‘पेसेवर’ भिकारी र आपराधिक मनसाय भएका व्यक्ति भेला हुने गरेका जानकारी दिनुभयो ।

कराँची शहरमा दैनिक एक सय ६६ अपराधका घटना हुने गरेको र यो सङ्ख्या पाकिस्तानका अन्य प्रमुख शहरहरूको तुलनामा कम रहेको प्रहरीले बताएकाे खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया