एसीसी प्रिमियर कप क्रिकेटमा घरेलु टोली ओमानको विजयी शुरुवात, यूएईले कुवेतलाई हरायो

 चैत ३०, २०८० शुक्रबार १५:४४:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आजदेखि शुरु भएको एसीसी प्रिमियर कप क्रिकेटमा घरेलु टोली ओमानले विजयी शुरुवात गरेको छ । अल अमिरात क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) मा आज भएको पहिलो खेलमा ओमानले बहराइनलाई ३ रनले हरायो ।

ओमानले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको बहराइनले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ रनमात्र बनाउन सक्यो । बहराइनका इमरान अलीले ५०, कप्तान हेदर बटले ४७, अहमेर बिन नसिरले नट आउट ३८ रन बनाए । बलिङतर्फ ओमानका बिलाल खान, शकील अहमद, फयज बट र अकिब इलियासले समान २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको ओमानले २० ओभरमा ३ विकेट गुमाएर १ सय ७७ रन बनायो । ओमानका अकिब इलियासले ६२, कप्तान जीशान मक्सूदले नट आउट ४५, कश्यप प्रजापतीले ३८ रन बनाए । बलिङतर्फ बहराइनका अली दवूद, रिजवान बट र अब्दुल मजिदले समान १ विकेट लिए ।

यस्तै अल अमिरात क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ २) मा भएको अर्काे खेलमा यूएईले विजयी शुरुवात गरेको छ । यूएईले कुवेतलाई ७ विकेटले हरायो ।

कुवेतले दिएको १ सय ७९ रनको लक्ष्य यूएईले १७ ओभर ३ बलमै मात्र ३ विकेट गुमाएर भेटायो । यूएईका अलिशान शरफुलले ९०, आसिफ खानले ७४ रन बनाए । दुवै जना नट आउट रहे । बलिङतर्फ कुवेतका शाहरुख कुद्दुसले २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको बहराइनले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७८ रन बनायो । कुवेतका क्लिन्टो अन्टोले ५४, उसमान पटेलले २७ रन बनाए । बलिङतर्फ यूएईका अली नसीर र बसिल हमीदले समान ३ विकेट लिए । प्रतियोगितामा अहिले सवा ४ बजे नेपाल र मलेसिया तथा हङकङ र कतार खेल्दैछन् ।

टी–२० फर्म्याटको एसीसी प्रिमियर कप वैशाख ९ गतेसम्म चल्नेछ । एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् । यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । फाइनल जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया